जनकपुरधाम, साउन २८ गते । मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक युवकको मृत्यु भएको छ ।
गएराति महेन्द्रनगर तर्फबाट जनकपुरधाम आउने क्रममा जनकपुधाम उपमहानगरपालिका १४ मुजेलियामा मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा जनकपुरधाम १ वकिल टोलका २२ वर्षिय अशोक यादवको मृत्यु भएको हो ।
गएराति करीब ९ बजेतिर मुजेलियामा दुई मोटरसाइकल अनियन्त्रित भई एक आपसमा ठोक्किदा लु ५६ प ५७ मा सवार यादवको मृत्यु भएको र लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा दुई जना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
घाइते दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !