जनकपुरधाम, साउन २८ गते । कोरोना संक्रमणले जनकपुरधामस्थित रामा होटलका संचालक कृष्ण गिरीको निधन भएको छ ।
७० वर्षिय गिरीको गएराति करीब १२ बजेतिर काठमाडौको एक अस्पतालमा उपचारको निधन भएको कुरा उनका छोरा डा. सन्तोष गिरीले पुष्टि गरेका छन । यो संगै धनुषामा कोरोनाले मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
तात्कालिन जनकपुर नगरपालिकाका मेयर रहेका गिरीलाई श्वास प्रश्वासमा समस्या जस्ता कोरोना लक्षण देखिएपछि उपचारका प्लेन चार्टर काठमाडौ लगिएको थियो । काठमाडौ स्थित अस्पतालमै गिरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समयदेखि उनी दिर्घरोगी थिए ।
होटल रामा जनकपुरधाम क्षेत्रको पुरानो एवं ठूलो होटल मध्ये एक हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !