जनकपुरधाम, साउन २७ गते । कोरोना संक्रमणले धनुषाको जनकपुरधाममा थप एकजना कोरोना मृत्यु भएको छ ।
गएराति जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिएका छन ।
उनले भने क्षयरोग र निमोनियाबाट पनि पीडित निज संक्रमित १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको क्रममा गएराति मृत्य भएको हो ।
उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।
यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगिसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !