जनकपुरधाम, साउन २६ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणले ३ जनाको मृत्यु भएको छ भने १ सय ५३ संक्रमित थपिएको छ ।
आइतवार जनकपुरधामको कदम चौकस्थित विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ५० वर्षिय सुरक्षा गार्डमा कोरोना पुष्टि भएको छ ।
जिल्लाको मिथिलाविहारी नगरपालिका ५ ललियाका ५० वर्षिय विन्देश्वर मण्डललाई श्वाँस प्रश्वासमा समस्या देखिएपछि सो अस्पतालमा ल्याइएको थियो । मृत्युपछि संकलन गरिएको स्वाब संकलनमा सोमवार उनको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पर्सामा २० र ४५ वर्षीय दुई महिलाको समेत कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । प्रदेश २ मा कोरोना संक्रमणबाट अहिलेसम्म ३३ पुगेको । हुनत स्वास्थ्य निर्देशनालयको तथ्यांकमा २९ जना मात्रै रहेको देखाइएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये पर्सामा जिल्ला प्रहरी कार्यालय पर्साका १३ प्रहरी र थुनुवासहित ९२ जना रहेको मा संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै सर्लाहीमा २२ जना, रौतहटमा १९ जना, धनुषामा १३ जना, बारामा ४ र महोत्तरीमा ३ संक्रमित थपिएका छन् । यो संगै २ मा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !