जनकपुरधाम, साउन २६ गते । प्रहरीले अटोमेटिक पेस्तोलसहित जनकपुरबाट एक युवकलाई पक्राउ गरेको छ ।
टेम्पुमा चढेर चिनीको बोरा भित्र प्लास्टिक भित्र बेरेर लुकाएर लगिरहेको क्रममा धनुषा प्रहरीले जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ का २१ वर्षिय सुजित यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले पेस्तोल बेच्नका लागि ज १ ह ३१९२ नम्बरको टेम्पुमा चिनीको बोरामा प्लास्टिकमा बेरेर लगिरहेको गोप्य सूचनाको आधारमा उनलाई जनकपुरको बारहविघा नजिकबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
सोमबार दिउँसो पक्राउ परेका यादवको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल एक थान र त्यसमा प्रयोग हुने म्याग्जिन एक थान बरामद गरेको छ भने अनुसन्धान कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक मिश्रले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !