जनकपुरधाम, साउन २६ गते । भदौ १ गतेदेखि खुल्ने भनिएको लामो दूरीका यातायात र र बाह्य तथा अन्तरिक हवाई उडान कोरोनाको जोखिम बढदै गएपछि भदौ १६ गतेदेखि खुल्ने भएको छ ।
सोमबार मन्त्रिपरिषदको बसेको बैठकले कोरोना संक्रमण बढदै गएको दृष्टिगत गर्दै कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिस अनुसार भदौ १६ गतेदेखि लामो दूरीका यातायात र र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने सरकारले निर्णय गरेको छ ।
गत ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला (लामो दूरी) यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।
तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।
यसका साथै मन्त्रिपरिषदको बैठकले भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गर्ने निर्णय गरेको छ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवत जावतमा पूर्ण बन्देज लगाउन निर्णय समेत गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !