जनकपुरधाम, साउन २५ गते । प्रदेश २ का प्रदेश सभा सदस्य विदेश्वर प्रसाद यादव (विक्की) ले कोरोना संक्रमणबाट आमजनतालाइृ बचाउन विकास निर्माण भन्दा पनि पीसीआर चेकजाँचको दायरा बढाउन मांग गरेका छन ।
आइतवार लोकपुकारसँग कुरा गर्दै प्रदेश सभा सदस्य विक्कीले समुदायस्तरमा फैलिएको कोरोना महामारीबाट आम जनतालाई तत्काल विकास निर्माणको कार्य स्थगित गरी प्रति परिवार एक सदस्यको पीसीआर चेकजाँचको व्यवस्था गर्न प्रदेश सरकारसँग मांग गरे ।
उनले भने विकास निर्माणको काम पछि पनि गर्न सकिन्छ, तर कोरोना महामारीको संकटबाट आम जनतालाई पछि बचाउन सकिदैन त्यसैले प्रदेश सरकार प्रति परिवार एक सदस्यको कोरोना पीसीआर चेकजाँचको व्यवस्था तत्काल गर्नुपर्छ ।
प्रदेश सभा सदस्य विक्कीले पीसीआर चेकजाँचको दायरा बढाउन गुणस्तरीय पीसीआर मेशिनको संख्या समेत बढाउनुका साथै उचित उपचार र आइसोलेशन तथा भेन्टिलेटरको व्यवस्था गर्न समेत मांग गरे । उनले अहिले वर्तमान संकटको बेला प्रदेश सरकार हेलचक्रयाई गरे पछि आम जनतालाई महामारीबाट बचाउन मुश्किल हुनेछ ।
उनले कोरोना रोकथाम एवं नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीको मनोबल बढाउन पीपीई सेट सहितका सुरक्षा सामाग्री र जोखिम भक्ताको व्यवस्था समेत गर्न मांग गर्दै तत्काल विरुद्ध विरुद्ध सक्रिय हुन प्रदेश सरकारसंँग आग्रह गरे ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !