वीरगंज, साउन २४ गते । पछिल्लो २४ घण्टामा पर्सामा एक मेयर लगायत ५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षणमा बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र प्रसाद साहसहित ५५ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
थपिएका सङ्क्रमित मध्ये एक जनाको बिहिबार राति मरेका वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँका ७४ वर्षीय पुरुष पनि रहेका छन् ।
सङ्क्रमित मध्ये पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख ४० वर्षीय नितेन्द्र प्रसाद साहपनि रहेका छन् । ८ महिला रहेका सङ्क्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् । संक्रमितमध्ये ७ जना बारा र १ जना सर्लाहीका छन् ।
चण्डी प्रसाद गणका ३२ वर्षीय नेपाली सेनाका जवान र बाराको कलैया–१० घर भएका नारायणी अस्पतालको ल्याबका ३१ वर्षीय पुरुष कर्मचारीमा पनि संक्रमण देखिएको छ । उनी नारायणी अस्पतालको ओपीडी ल्याबमा कार्यरत थिए ।
यसैगरी वीरगञ्ज–१० आदर्शनगर घर भएका दुगर ग्रुपका ३७ वर्षीय पुरुष र बाराको मनहर्वा घर भएका ४३ वर्षीया दुईजना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका नारायणी अस्पताल क्वाटरका ४५ वर्षीय पुरुष र वीरगञ्ज–४ विर्ताकी २२ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !