राजविराज, साउन २३ गते । स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको शुक्रवारदेखि सबै सेवा बन्द गरिएको छ ।
सो अस्पतालका ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र चिकित्सक सहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईनमा बसेपछि सर्जिकल र आकस्मिक सेवा सहित सबै सेवा बन्द गरिएको छ ।
स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि जनशक्ति आभावका कारण आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्थ्य सेवा प्रदान अस्पतालबाट प्रदान गरिने सेवा बन्द गर्नु परेको डा. झाले बताए ।
उनले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रह समेत गरेका छन् । सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ ।
उनले भने एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेको कारण गाइनोमा बन्द गर्नु परेको हो । बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरि ९ जनाको भरमा अस्पताल संचालन गर्न कठिन छ ।
सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानिय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ । शुक्रवारसम्म सप्तरीमा संक्रमितको कुल संख्या ५ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आइसोलेसनमा १०४ जना उपचारका लागि भर्ना छन् भने अहिलेसम्म दुई जनाको मृत्यु भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !