वीरगञ्ज, साउन २३ गते । पर्सा जिल्लाको वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँ निवासी ६५ वर्षीय वृद्ध पुरुषमा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
बिहिबार राति करीब अढाई बजे नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा इमर्जेन्सी शाखामा मृत्यु भएको थियो । मृत्युपछि वृद्धको स्वाबको नमूना सङ्कलनगरि कोरोना परिक्षणका लागि नारायणी अस्पताल पिसिआर प्रयोग्शालमा पठाइएको थियो ।
प्रयोगशालाले शुक्रवार सांझ सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार मृतक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. उदय नारायण सिंहले जानकारी दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !