जनकपुरधाम, साउन २३ गते । सर्लाहीका एक प्रहरी सहायक निरीक्षकलाई प्रहरी आचरण विरुद्ध कार्यमा संलग्न रहेको आरोपमा निलम्बन गरिएको छ ।
जिल्लाको मोहनपुरस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) सुरेश सहनीलाई प्रहरी आचरण विरुद्धको कार्य गरेका हुनाले निलम्बन गरिएको कुरा प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अंशु कुमार सिंहले जनाएको छ ।
प्रदेश २ को प्रदेश शसस्त्र प्रहरी गण गुल्म नम्बर ३ मा दरबन्दी ती प्रहरीको आचरण तथा व्यवहार प्रहरीको व्यवसायिक निती विरुद्ध रहेको यथेष्ट प्रमाण भेटिएको थियो ।
निजलाई निलम्बन नगर्दा झुठा प्रमाण संकलन गर्न सक्ने, आफू विरुद्धको सबूत प्रमाण नष्ट गर्न सक्ने सम्भावना देखिएकोले निलम्बन गरिएको कुरा प्रदेश प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !