Wednesday, June 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

चीनमै फेला पर्यो अर्को नयाँ भाइरस एसएफटीएस, ७ को मृत्यु

के हो एसएफटीएस भाइरस लक्षण सहित विस्तारमा


जनकपुरधाम, साउन २३ गते । चीनबाट शुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ नियन्त्रणमा नहुँदै फेरी चीनमा एसएफटीएस नामक भाइरस देखा परेको छ ।

रगत खाने किराको टोकाइबाट लाग्ने यो भाइरसबाट चीनमा ७ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ६७ जना संक्रमित भइसकेको चिनियाँ संचारमाध्यमले जनाएको छ ।

यो भाइरस नयाँ होइन यसअघि चीनमै सन् २००९ मा जनावरमा यो भाइरस देखा परेको थियो । त्यसबेला नियन्त्रणमा आइसकेको यो अब भाइरस मानवबाट मानवमा सर्ने देखिन थालेको छ ।

पूर्वी चीनको जियाङसु प्रान्तमा पछिल्लो ६ महिनाको अन्तरालमा एसएफटीएस भाइरसबाट ३७ जना भन्दा बढी संक्रमित भएका छन् । यसैगरी पूर्वी चीनको अनहुई प्रान्तमा पनि यस भाइरसबाट २३ जना संक्रमित भेटिएको बुधबार चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

ग्लोबल टाइम्सका अनुसार यो भाइरसले पूर्वी चीनको अनहुई र झेजियांग प्रान्तमा अहिले फेरि कम्तिमा सात मानिसहरुको मृत्यु भइसकेको छ भने ६७ मानिसहरु संक्रमित भएका छन् । भाइरोलोजिस्टका अनुसार जनावरहरुमा पाइने यो भाइरस किर्ना नामक रगत चुस्ने कीराको माध्यमबाट संक्रमण हुन्छ र मानिसमा फैल्ने गर्छ ।

के हो एसएफटीएस भाइरस ?

एसएफटीएसको पूर्ण रुप सिभर फिभर सहित थ्राम्बोसाइटोपेनिया सिंड्रोम हो जुन जनवारमा हुने किर्ना करीका कारण हुने गर्दछ । यो भाइरसलाई टिक बर्नको नामले समेत चिनिन्छ ।

एसएफटीएस बुन्याभाइरसको परिवारसँग सम्बन्धित छ र किर्नाको टोकाईको माध्यमबाट मानिसमा सर्ने गर्दछ । भाइरसको संक्रमण सन् २००९मा पहिलो पटक चीनको हुबेइ र हेनान प्रान्तको ग्रामीण क्षेत्रहरूमा भेटिएको थियो ।

नेचरको एक रिपोर्टका अनुसार भाइरसबाट संक्रमण भएका व्यक्तिहरु कम्तिमा ३० प्रतिशतको मृत्यु भएको छ । रोग नियन्त्रण र रोकथामका लागि चीन सूचना प्रणालीका अनुसार हालको यस भाइरसको संक्रमणबाट मानिसहरुमा मृत्युदर लगभग १६ देखि ३० प्रतिशतकोबीचमा रहेको छ ।
भाइरस फैलिएको दर र यसको उच्च मृत्यु दरका कारण, एसएफटीएस भाइरसलाई विश्व स्वास्थ्य संगठनले यसलाई १० प्राथमिकता रोगहरूको सूचीमा राखिएको छ ।

भाइरोलोजिस्टका अनुसार यस भाइरसको मुख्य वाहक एसियामा पाइने किर्ना हाइमाफिसलिस लाँगिकोर्निस हो । वैज्ञानिकहरुको खोजमा विशेषगरी यो भाइरस मानिसमा खसी बोका, गाईवस्तु, मृग र भेडाहरुबाट सर्ने पत्ता लागेको छ ।

भाइरसको लक्षणहरु

सन् २०११ मा चिनियाँ अन्वेषकहरूको टोलीले गरेको एक अध्ययन अनुसार यस रोगको शुरूवात भएको सात देखि १३ दिनको बीचमा यस रोगबाट पीडित बिरामीहरूले सामान्यतया ज्वरो, थकान, चिसो, टाउको दुख्ने, लिम्फडेनोपाथी, एनोरेक्सिया, पखाला, बान्ता, पेट दुख्ने जस्ता लक्षणहरु अनुभव गर्दछन् ।

यस रोगका केही प्रारम्भिक संकेतहरुमा गम्भीर ज्वरो, थ्रोम्बोसाइटोपेनिया वा रगतमा पाइने प्लेटलेटको गणनामा कमि आउनु र ल्युकोसाइटोपेनिया हुन्छ, जुन कम सेतो रक्त कोष गणनामा कमि हो । यस रोगको गम्भीर मामिलामा बहुअंग विफलता, रक्तस्राव र केन्द्रीय स्नायु प्रणालीमा लक्षणहरु देखा पर्छन् । एक मानिसबाट अर्को मानिसमा कसरी कुन माध्यमले सर्छ भन्ने अनुसन्धान विज्ञहरुले गर्दैछन ।

भाइरस कहाँ कहाँ फैलिएको छ

भाइरस पहिलोचोटि फेला परेपछि जापान र दक्षिण कोरियालगायत अन्य पूर्वी एसियाली देशहरूमा भेटिएको थियो । नेचरले गरेको अध्ययन अनुसार सन् २०१३ मा दक्षिण कोरियामा ३६ जना यस भाइरसबाट संक्रमितहरु फेला परेका थिए । जुन सन् २०१७ उक्त संख्या वृद्धि भएर २७० जना पुगेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन
Blast News

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी
Blast News

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार
Blast News

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न
Blast News

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग
Blast News

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल
Blast News

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

ताजा खबर

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

महिला तथा सीमान्तकृत सांसदहरूकाे क्षमता अभिवृद्धि गर्न मार्गदर्शन

मटिहानीकाे बजेट ४७ कराेड बढी

मटिहानीकाे बजेट ४७ कराेड बढी

न्याय र उपचार खर्चका लागि गुहार

न्याय र उपचार खर्चका लागि गुहार

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

जनलोकपाल आयोगको सदस्यमा हत्याका अभियुक्त नियुक्त, उच्च नैतिक चरित्रमाथि प्रश्न

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

बजार खाली गर्न समय दिनुपर्ने फलफुल व्यवसायीकाे माग

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

मुख्यमन्त्री र सांसदबीचकाे विवादमा झण्डै हात हालाहाल

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव