जनकपुरधाम, साउन २२ गते । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि महोत्तरीको भंगहा नगरपालिकाले बिहीवारदेखि एक साताका लागि लकडाउन घोषणा गरेको छ ।
दिउँसो १२ बजेदेखि लागू हुने गरी भंगहा नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय गरिएको मेयर सञ्जीव साहले जनाएको छ । बुधबार भंगहा नगरपालिकामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना अझै फैलिन सक्ने जोखिमको नियन्त्रणका लागि नगरपालिकाले नगरपालिका कार्यालय, वडा कार्यालय लगायत अत्यावश्यक सेवाबाहेक सबै गतिविधि अगामी २८ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउन अवधिमा नगरभित्रका हाटबजार, सभा/सम्मेलन, धार्मिक कार्यक्रम तथा भीडभाड र जमघट हुने कुनै काम गर्न नपाइने मेयर साहले बताए । नगरपालिकाले अत्यावश्यक काम बाहेक घरबाट ननिस्किन नगरबासीलाई अपिल समेत गरेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !