जनकपुरधाम, साउन २१ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २ सय २७ ठूलै संख्यामा कोरोना संक्रमित भेटिएका छन ।
सामाजिक विकास मन्त्रालयद्वारा सार्वजनिक पीसीआर रिपोर्ट अनुसार ४१ जना महिला सहित २ सय २७ जना संक्रमित भएका हुन । सो रिपोर्ट अनुसार सबैभन्दा बढी पर्सामा २९ जना महिलासहित १ सय ४७ जना कोरोना संक्रमण भेटिएको हो ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाका अनुसार धनुषामा २३ जना संक्रमित मध्ये आन्तरिक तथा कानून मन्त्रालयका एक महिला सहित ८ जना कर्मचारी समेत रहेका छन ।
त्यस्तै सर्लाहीमा ४ महिलासहित १९ जना, बारामा ५ महिलासहित १९ जना, महोत्तरीमा १४ जना पुरुष, सिरहामा ४ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको झाले जानकारी दिए । संक्रमित हुनेहरुमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, बैंकका कमर्चारी, स्वास्थ्यकर्मी र पत्रकार रहेका छन ।
यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संखया ५ हजार २ सय ७२ पुगेको छ । बुधबारसम्म प्रदेश २ मा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !