जलेश्वर, साउन २० गते । महोत्तरीमा नेपाली सेना सहित जलेश्वर नगरपालिकाका कर्मचारी संक्रमित भएको छ ।
जलेश्वर नगरपालिकाका २२ कर्मचारी प्रकौली स्थित रणभूमि गण ब्यारेकका १४ जना सेना संक्रमित भएको जनाईएको छ ।
जलेश्वरनाथ नगरपालिकाको कार्यालयमा कार्यरत ५२ जना कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेकोमा २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामु राज कडरीयाले जानकारी दिए ।
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चितकालको लागि शिल गरिएको कडरीयाले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !