वीरगञ्ज, साउन २० गते गते । वीरगञ्जमा डाक्टर, पत्रकार, सेना र थुनुवा सहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरुको उमेर १४ वर्षदेखि ५६ वर्षसम्म रहेका छन् । संक्रमित चार जना महिलाहरुको उमेर १६, २६, २८ र ४९ रहेको छ । वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टर पनि संक्रमित भएको छ ।
नारायणी क्षेत्रिय अस्पतालमा गरिएको परिक्षणमा अस्पताल स्थित वीरगंजको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी कूल चारजना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।
एक जना २२ वर्षीय सञ्चारकर्मी र वडा प्रहरी कार्यालय विर्तामा थुनुवामा रहेका २० वर्षे पुरुष पनि संक्रमित भएका छन् । सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसी काम गर्ने २८ वर्षीया महिला डाक्टरमा संक्रमण देखिएको छ ।
त्यस्तै, चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका सिपाही पनि संक्रमित भएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !