वीरगञ्ज, साउन १९ गते । प्रदेश २ को पर्सा जिल्लामा पत्रकार, प्रहरी, सेना र वडाध्यक्ष सहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको ।
आइतबार राती नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।
संक्रमण देखिनेहरुमा वीरगञ्ज महानगरका एक÷एक जना वडाध्य्क्ष, सेना, पत्रकार र दुई जना प्रहरी रहेको उनले बताए । संक्रमित मध्ये एक जना भारतीय नागरिक र पाँचजना बारा जिल्लाका बासिन्दा समेत रहेका छन् । १० वर्षका बालकसहित ६७ वर्षका वृद्ध समेत संक्रमित देखिएको छ । संक्रमण देखिनेमा १२ महिला र ६१ जना पुरुषहरु छन् ।
यसैबीच बढदै गएको संक्रमणलाई रोकथाम एवं नियन्त्रणको उद्देश्यले जिल्ला प्रशासन कार्यालयद्वारा जिल्लाभरि नै सोमवार बिहानैदेखि कफ्र्यु जारी रहेको छ । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा अवधिमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार इन्टरनेट, क्वारेन्टाईन, फोहोर मैला व्यवस्थापन, इन्धन र एम्बुलेन्स बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय र सेवाहरु बन्द रहने जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !