वीरगञ्ज, साउन १८ गते । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका श्रीमति र छोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक आएको पीसीआर परिक्षण रिपोर्ट अनुसार वीरगञ्ज महानगरपालिकामा ६८ जना संक्रमित मध्ये मेयर सरावगीका श्रीमति र छोरी पनि छन ।
मास ट्रेसिङ्गका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको वीरगञ्जको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए ।
यसैबीच कोरोना महामारी अत्याधिक रुपमा फैलिएको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
पछिल्लो समयमा वीरगञ्जमा संक्रमितको संख्या अत्यधिक देखिएको छ । यहाँ साउन महिनामा मात्र १२ जनाको मृत्यु भइसकेको छ । आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय स्वास्थ्य टोली पठाउने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !