जनकपुरधाम, साउन १८ गते । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४ हजार ९ सय ८ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा ७८ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै सप्तरी ४८, धनुषामा ८, सिरहामा ३ र महोत्तरीमा १ जना संक्रमित भएका हुन ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार पर्साको ६८, ठोरी र आर्मी क्याम्पसमा १/१, सखुवा प्रसौनी गाउँपालिकामा ३, ड्राईपोर्टमा ५ जनामा संक्रमण पुष्टि भएको छ भने सप्तरीको राजविराजमा १८, हनुमाननगर कंकालिनी नगरपालिकामा ४, तिरहुत गाउँपालिकामा १, तिलाठी कोइलाढी गाउँपालिकामा २५ जनामा कोरोना संक्रमित भएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकमा ८, महोत्तरीको जलेश्वर नगरपालिकामा १, सिरहाको बरियारपट्टी गाउँपालिकामा ३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमित मध्ये ४ हजार ४ सय ७५ पुरुष र ४ सय ३१ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन ।
हालसम्म प्रदेशमा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जनाको रिपोर्ट पोजेटिभ रहेको छ भने महोत्तरीमा ७ सय ९३, सर्लाहीमा ७ सय १०, धनुषामा ६ सय ९९, सप्तरीमा ५ सय १५, पर्सामा ५ सय ४२ सिरहामा २ सय १३, र बारामा १ सय ७५ जना कोरोना संक्रमित भइसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !