जनकपुरधाम, साउन १८ गते । कोरोना संक्रमणको बढदै गएपछि प्रदेश २ का विभिन्न शहर सहित अस्थायी राजधानी जनकपुरधाममा समेत सोमवारदेखि निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको छ ।
आइतवार जिल्ला सुरक्षा समितिको बसेको बैठकबाट जनक पुरधाममा समेत संक्रमणको जोखिम बढदै गएको दृष्टिगत गर्दै सोमवार १२ बजेदेखि लागू हुने गरी जनकपुरधाम उपमहानगरपालिका सहित महेन्द्रनगर औरही खोलासम्म निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।
लोकपुकार सँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले भने जनकपुरधाम क्षेत्रमा समेत केही दिनदेखि संक्रमणका तिव्र रुपमा बढदै गएकोले त्यसको रोकथाम एवं नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा अवधिमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सम्बन्धी सेवा, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, इन्टरनेट, क्वारेन्टाईन, फोहोर मैला व्यवस्थापन, इन्धन र एम्बुलेन्स बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय र सेवाहरु बन्द रहने जनाइएको छ ।
त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले प्रयोग गर्ने सवारी साधन तथा अत्यावश्यक वस्तुको माल ढुवानी गर्ने सवारी साधन बाहेक अन्य सबै निजी तथा सार्वजनिक संचालनमा रोक लगाइएको बताइएको छ ।
निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गरिने जानकारी दिदैं उनले नेपाल र शसस्त्र प्रहरी परिचालन गरिनेछ, आवश्यकता परेको अवस्थामा सेना समेत परिचालन गर्न सकिने बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !