जनकपुरधाम, साउन १६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले कोरोना भाइरस संक्रमणको जोखिमको दृष्टिगत गर्दै बकर ईद पर्वको अवसरमा घरमै मनाउन आग्रह गरेको छ ।
शुक्रवार सूचना जारी जिप्रकाले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै कुनै मस्जिदमा नगई घरमै नमाज पढेर पर्व मनाउन आग्रअ गरेको हो ।
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट धनुषा जिल्ला पनि उच्च जोखिममा रहेको हुँदा उक्त संक्रमणबाट बच्नका लागि शनिवार मनाइने बकरईद पर्वको अवसरमा मस्जिद र ईदगाहमा नगई घरमै नमाज पढन मुस्लिम धर्मावलम्बीहरुलाई आग्रह गरिएको छ ।
कोरोनाको यस संकटको घडीमा घरमै बसेर पर्व मनाउनु पर्दा मुस्लिम समुदायमा पर्न गएको पिडा प्रती जिल्ला प्रहरी कार्यालय धनुषाले क्षमा समेत मागेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !