जनकपुरधाम, साउन १६ गते । जनकपुरधाम उपमहानगरपालिकाको लापरवाहीका कारण नगर दुर्गन्धित बन्दै गएको छ ।
जनकपुरधामका अन्य वडा सहित जानकी मन्दिरको पछाडि वडा नम्बर ६ स्थित मदरसा नजिकको वस्ती समेत महिनौदेखि फोहोर उपमहानगरपालिकाले नउठाएको कारण दुर्गन्धित हुन पुगेको छ ।
एक महिना बढी समयदेखि सो क्षेत्रको विभिन्न स्थानमा थुपारिएको फोहोरका कारण मुस्लिम समुदाय वस्तीका स्थानीय दुर्गन्धमै बस्न भएको छ । उपमहानगरपालिकाले थुपारिएको फोहोर नउठाएको कारण सँडेर गन्हाउन थालेको छ ।
स्थानीयले उपमहानगरपालिकालाई लिखित तथा मौखिक रुपमा पटक पटक आग्रह गरेपनि कुनै चासो नलिइएको आरोप लगाएका छन । उपमहानगरपालिकाले गर्दै आएको लापरवाहीका कारण सो क्षेत्रमा महामारी फैल्न सक्ने सम्भावना बढदै गएको छ ।
लोकपुकार सँग कुरा गर्दै मुस्लिम नेता असगर अलीलले उपमहानगरपालिकामै पुगेर स्थानीयले सामूहिक फोहोर उठाउन आग्रह गरेपनि बेवास्ता गर्दै आएको आरोप लगाए । उनले भने उपमहानगरपालिकाको लापरवाही कारण वस्तीमा फोहोरको दुर्गन्धले महामारी फैल्न सक्ने सम्भावना बढेको छ ।
फोहोरका कारण लामुखट्टे समेत सो क्षेत्रमा बढेको छ, राति त के दिनमा पनि घर र पसलमा बस्न नपाउने अवस्था रहेको उनले भने । नेता अलीले हाल कोरोना भाइरसको संक्रमणको खतरा रहेको बेला सडक गल्ली सेनिटाइज्ड गर्नुपर्ने रहेको बेलामा उपमहानगरपालिकाले फोहोर नउठाउंदा कोरोना संगै अन्य संक्रमणको समेत खतरा बढेको भने ।
सरसफाईको नाममा उपमहानगरपालिकाले वर्षेणी करोडौ खर्च गर्दै आएको छ तर सो वस्त सहित नगरका विभिन्न स्थान फोहोर थुपारिएको कारण महिनौ दिनसम्म दुर्गन्धित रहने गरेको छ ।
उपमहानगरपालिकका उपमेयर रीता मिश्रको घर समेत वस्ती नजिकै रहेको छ । उपमेयर बस्ने वस्ती नै फोहोरले दुर्गन्धित हुनुले प्रष्ट हुन्छ कि उपमहानगरका अन्य वडा र वस्तीको अवस्था के होला ।
यस सम्बन्धमा उपमेयर मिश्रसँग जिज्ञासा महिनौदेखि होइन ८।१० दिनदेखि फोहोर उठन नसकेको दाबी गरिन् । फोहोर व्यवस्थापन गर्ने ठाउँको आभाव रहेको सो वस्ती अन्य वडाको पनि फोहोर उठन नसकेको उनले भनिन ।
उपमेयर मिश्रले सम्बन्धित वडा अध्यक्षलाई उपमहानगरपालिकाले ट्याक्टर सहयोग छैन उचित ठाउँ खोजेर फोहोर उठाउन भनेपनि कुनै चासो नलिएको गुनासो गर्दै भोलीसम्म सो क्षेत्रको फोहोर हटाईन दिने प्रतिबद्धता जनाईन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !