जनकपुरधाम, साउन १६ गते । घुस लिएको आरोपमा प्रहरी निरिक्षक र हवलदार सहित ४ प्रहरीलाई निलम्बन गरिएको छ ।
प्रहरी आचरण र अनुशासन विपरित काम गरेको भन्दै प्रदेश प्रहरी कार्यालय हेटौँडाले तिनीहरुलाई निलम्बन गरेको हो । प्रहरी कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रंगेहात पक्राउ परेपछि निलम्बन गरिएको हो ।
निलम्बन पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।
प्रहरी निरीक्षक रामवालक राय यादवलाई यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा कारवाही गरिएको थियो । प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !