जनकपुरधाम, साउन १६ गते । न्यायधिशमै कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश २ जनकपुरधाम स्थित उच्च अदालत र धनुषा जिल्ला अदालतको सम्पूर्ण सेवा शुक्रवारदेखि बन्द गरिएको छ ।
उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि शुक्रवारदेखि साउन ३१ गतेसम्मको लागि निश्चित कामकारबाही बाहेक अन्य सबै सेवा बन्द गरिएको जनाइएको छ ।
साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो ।
बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय गरिएको हो ।
लकडाउमा प्रदान गर्दै आएको निश्चित कामकारबाही बाहेक अन्य कामकारबाही शुक्रबारदेखि साउन मसान्तसम्मको लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरको जनाइएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेकोले सुरक्षित र सावधान रहनु पर्ने रायसुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाका निश्चित कामकारबाही बाहेक सबै साउन मसान्तसम्मको लागि स्थगन गर्ने निर्णय गरेको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !