जनकपुरधाम, साउन १५ गते । पछिल्लो २४ घण्टामा पर्सामा ५० जना सहित प्रदेश २ मा ७१ जना संक्रमित थपिएको छ ।
समाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा ४ जना र बारामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश २ का ३० जना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रशासक विजय झाले जानकारी दिएका छन । प्रदेश २ मा हालसम्म कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !