जनकपुरधाम, साउन १५ गते । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जगत जननी माता सीताको ससुराल स्थित घरको हुने शिलान्यस हुने मन्दिरमा माइती पक्षको ईटा थप्नुपर्ने आग्रअ गरेका छन ।
भारतको उत्तर प्रदेशस्थित आयोध्यामा शिलान्यास हुने भगवान रामको घर राम मन्दिरको हुने शिलान्यासमा माता सीताको माइती जनकपुरबाट पनि सो घरमा सोनाको ईटा थप्नुपर्ने जानकी मन्दिर व्यवस्थापक सँग आग्रह गरे ।
विहिबार जनकपुरका सञ्चारकर्मीहरुसँग टेलिफोनमा कुरा गर्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका निधिले भने, राम मन्दिरमा सीताको माइती जनकपुरबाट पनि प्रतिनिधित्व हुने र सो मन्दिरमा यहाँबाट सोनाको ईटा थप्नुपर्ने शुरु देखि नै कुरा भइरहेको छ । तर पछिल्लो समयदेखि कोरोना भाइरसको महामारीका कारण प्रतिनिधित्व हुन नसकेपनि ईटा कुनै माध्यमले सो मन्दिरमा थप्न पठाइनुपर्ने भने ।
अयोध्यामा राम मन्दिर निर्माणको क्रममा जानकी मन्दिरका महन्तको अगुवाईमा नागरिक समाजको तर्फबाट आफ्नो समेत सहभागी हुने चाहना रहेपनि कोरोना महामारीका कारण सहभागी हुन कठिन रहेपनि जनकपुरको तर्फबाट प्रतिनिधित्व हुनु जरुरी रहेको उनले बताए ।
साथै उनले सो राम मन्दिरमा माता सीताको मूर्ति समेत भगवान रामसँगै राख्नुपर्नेमा पहल गर्न जानकी मन्दिरलाई आग्रह गरे । निधिले पनि धेरै पहिलादेखि अयोध्याको राम मन्दिरमा भगवान राम संगै माता सीताको प्रतिमा राख्नुपर्ने आफू शुरुदेखि नै पहल गर्दै आएको बताउंदै अहिले सबैतर्फबाट पहल हुनुपर्ने भने ।
विवाह पञ्चमीमा अयोध्याबाट जनकपुर आउने जन्तीलाई हामीले स्वागत गर्ने गरेका छौं, सीताबिना रामको भूमिका अधुरो हुन्छ, अयोध्याबाट आएका श्रीराम न्यासका प्रतिनिधिलाई हामीले भनेका थियौं,’ उनले भने,‘उहाँहरु पनि सकारात्मक हुनुहुन्थ्यो, ५ अगस्तमा राम मन्दिर शिलान्यासको कार्यक्रममा सम्भव भए त्यहाँ पुगेर जानकी मन्दिरले जनकपुरको प्रतिनिधित्व गर्नु प¥यो । सम्भव नभए राम मन्दिर शिलान्यासको अवसरमा जानकी मन्दिरले जनकपुरमै धार्मिक कार्यक्रम अयाोजन गर्नु पर्दछ ।’
कोरोना संकटको अवस्था रहेकोले त्यहाँ पुग्नसक्ने वातावरण नबने जनकपुरबाट अयोध्यासम्म सन्देश पु¥याउन उनले जानकी मन्दिरलाई आग्रह गरेका छन् । उपसभापति निधिले क्षमताअनुसार राम मन्दिर निर्माणमा सहयोग गर्न महन्त राम तपेश्वर दासलाई आग्रह गरेको बताए ।
पछिल्लो विवाह पञ्चमीको अवसरमा अयोध्याबाट आएका विशिष्ट व्यक्तिहरुलाई राम मन्दिर स्थापना हुँदा सीताको समेत प्रतिमा स्थापना हुनुपर्ने हामीले भनेका थियौं । उहाँहरुले पनि यसलाई स्वीकार गर्नु भएको थियो । अब, अयोध्यामा रामको मुर्तिको निर्माण हुन गइरहेकोले सीताको मूर्ति पनि राख्नुपर्नेमा पहल गर्न भने ।
सीताबिनाको राम अधुरो रहने भएकोले अयोध्यामा रामका साथै सीताको पनि प्रतिमा निर्माण हुनुपर्ने आफूहरुको चाहना रहेको उनले बताए ।
‘भगवान रामको ससुराली जनकपुर छ, हामीलाई खुशी लागेको छ, अदालतको निर्णयपश्चात अयोध्यामा राम मन्दिर बन्दै छ,’ निधिले भने,‘राम मन्दिर निर्माणमा जनकपुरको भूमिका आवश्यक छ ।’
नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको भन्दै उनले कसैले चाहँदैमा सम्बन्ध नबिग्रिने उनले बताए । अयोध्या रामको जन्मभूमि र मिथिला जानकीको जन्म भूमिरहेको पौराणिक मान्यतालाई कसैले अन्त्य गर्न नसक्ने उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !