जनकपुरधाम, साउन १५ गते । कोरोना भाइरसको बढदै गएको संक्रमणको दृष्टिगत गर्दै महोत्तरीका जलेश्वर नगरपालिकाले अनिश्चितकालका लागि आफ्नो कार्यालय बन्द गरेको छ ।
रेडजोनमा रहेको प्रदेश २ को महोत्तरीमा समेत केही दिनदेखि बढदै गएको संक्रमितको संख्याले झन खतरा बढन सक्ने भन्दै जलेश्वर नगरपालिका कार्यालयले अत्यावश्यक बाहेक आफ्ना सम्पूर्ण सेवा बिहीवारदेखि बन्द गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडारियाले एक सूचना जारी गरी विश्वभरि निरन्तर रुपमा बढदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम एवं नियन्त्रणका लागि अर्को सूचना प्रकाशन नहुञ्जलेसम्मका लागि साउन १५ गतेदेखि अत्यावश्यक सेवा बाहेक कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ ।
साथै कोरोना भाइरसबाट बच्न सचेतना एवं सर्तकता अपनाउन सम्पूर्ण नगरवासीमा सोही सूचना मार्फत नगरपालिकाले आग्रह गरेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !