जनकपुरधाम, साउन १४ गते । महामारी बेला नेपाली नागरिकले सबैभन्दा बढी ‘अनलाइन’ सञ्चारमाध्यम रुचाएको सरकारी तथ्यांकले देखाएको छ ।
प्रेस काउन्सिल नेपालले गरेको मिडिया सर्वेक्षणका अनुसार महामारीको बेला पाठकले सबैभन्दा बढी सूचना जानकारी पाएका हुन । काउन्सीलले ‘कोरोना महामारीको समयमा मिडियाको विश्वसनियता’ सम्बन्धी देशव्यापी सर्वेक्षण गरेको थियो ।
सो सर्वेक्षणको प्रतिवेदनमा ३१.८० प्रतिशतले दैनिक सूचना प्राप्तिमा पहिलो रोजाइको सञ्चारमाध्यममा अनलाइन रोजेका हुन । दोस्रोमा २४.४० प्रतिशत सामाजिक सञ्जाल र र तेस्रोमा २२.७० प्रतिशतले रेडियोलाई दैनिक सूचनाको निम्ति नेपाली नागरिकले प्राथमिकतामा राखेका छन् ।
त्यसैगरी १८.८० प्रतिशतलले टेलिभिजनलाई पहिलो सूचना प्राप्तिका लागि प्राथमिकताप्राप्त माध्यम राजेको छन भने लकडाउनमा छापामाध्यम निकै कममात्र प्रकाशन हुनु र विद्युतीय संचारमाध्यमको प्रभावले निकै कम २.३० प्रशिततले पत्रपत्रिकालाई राजेको छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !