जनकपुरधाम, साउन १२ गते । पीसीआर चेकजाँच नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका ४ स्थित गोपाल धर्मशालामा संचालित क्वारेन्टाईनमा बसेकाहरु आन्दोलित भएका छन ।
दुई साताभन्दा बढी समय भइसक्दापनि पीसीआर चेकजाँचको मांग गर्दै उनीहरु आन्दोलित भएका हुन । आइतवार क्वारेन्टाईनमा बसेका व्यक्तिहरुले पीसीआर परीक्षणको मांग गर्दै क्वारेन्टाईनबाट बाहिर बजार क्षेत्रमा निस्किन थालेका थिए ।
गत एक हप्तादेखि पीसीआर परीक्षणका लागि स्वाब संकलन ताकेता गर्दागर्दै क्वारेन्टाईनमा बसेको १५ दिन भइसक्दा पनि स्वाब संकलन नगरिएको कारण संक्रमणको खतरा झन बढको भारतको हरियाण राज्य कुरक्षेत्रबाट आएर बसेका इन्जिनीयरिङमा अध्ययनरत जनकपुरधाम–२१ कुर्था निवासी जिलाजितकुमार साहले बताए ।
उनले भने ‘कोरोना परीक्षण गराएर घर जाँदा ठीक हुन्छ भनेर निजी अस्पतालमा व्यवस्था नभएको कारण आफू स्वयं यहाँ आएर बसे, क्वारेन्टाइन बसेको १५ दिन भइसक्यो तर हालसम्म स्वाब संकलन गरिएको छैन । प्रत्येक दिन क्वारेन्टाइनमा आउनेहरु शंकास्पदहरुको सख्या बढदै गएकोले संक्रमणको खतरा झन बढदै गएको कारण परीक्षणको लागि पटक पटक ताकेता गर्दा पनि कुनै चासो नलिइएएपछि बाध्य भई बाहिर निस्केर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
गत एक हप्तादेखि स्वाब संकलनका लागि ताकेता गर्दै आएका छौं कहिले प्रयोगशालामा लगेर त्यहाँबाट फर्काइ दिने त कहिले भोली हुन्छ अहिले आएर किट खत्म भएको भनी आलटाल गर्दै आएको उनले दुखेसो पोखे । आज स्वास्थ्यकर्मीहरुले भोली स्वाब संकलन गराई दिने प्रतिबद्धता जनाएको छ यदि भोली गराइएन भने क्वारेन्टाईनबाट बाहिर निस्केर आन्दोलनमा उत्रने चेतावनी साहले दिए ।
सो क्वारेन्टाइनमा तीनजना बालबालिका सहित १५ र ८ महिला गरी २३ जना बस्दै आएका छन । ती मध्ये ८/९ जनाको १४ दिनभन बढी समय क्वारेन्टाईनमा भइसकेको छ । नियमतः क्वारेन्टाईनमा बसेको एक हप्ता भित्रै परीक्षणका लागि स्वाब संकलन गरिसक्नुपर्नेछ र १४ दिनपछि पठाई दिनुपर्ने हो । तर उपमहानगरापलिकाको लापरवाहीका कारण करीब तीन हप्तादेखि सो क्वारेन्टाईनमा स्वाब संकलन हुन सकेको छैन ।
उपमहारपालिकाले बेवास्ता गरेको : स्वास्थ्यकर्मी

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी चन्द्रदेव शर्माले पीसीआर परीक्षणका लागि स्वाब संकलनमा ढिलाई भएको स्वीकार गर्दै आफूले सम्बन्धित निकाय उपमहानगरपालिका प्रमुख गुहार लगाउंदा लगाउंदा थाकिसके तर कुनै चासो नलिएको बताए ।
उनले उपहानगरपालिका स्वास्थ्य प्रमुखको बेवास्ता कारण क्वारेन्टाईनमा बसेकाहरु आन्दोलन मात्र होइन यसअघि खाना खाजा नखाने, सामान समेत आक्रोशमा तोडफोड गर्ने गरेको बताए । समयमा पीसीआर परीक्षण हुन नसकेपछि क्वारेन्टाइनभित्र थप जोखिम बढेको उनको भनाइ छ ।
स्वास्थ्यकर्मी शर्माले भने समयमा परीक्षण भएर रिपोर्ट आइदिँदा निगेटिभ हुनेहरु घर र पोजिटिभ आएकालाई आइसोलेसन पठाउन सकिन्थ्यो , तर परीक्षण नै नभएपछि बिना काम उनीहरु यहाँ बस्नु परेको छ, कथमकदाचित कुनै पोजेटिभ केश आइदिएको खण्डमा तिनीहरु झन संकटमा पर्ने शर्माले भने ।
क्वारेन्टाइन एक कर्मचारीले भने पछिल्लो पटक त उपमहानगरपालिका स्वास्थ्य प्रमुख विजय साहले १५ जनालाई बिना परीक्षणकै घर पठाई दियो । नाम नछाप्ने शर्तमा उनले भने हामी के गर्न सक्छौं ताकेता गर्दापनि कुनै चासो लिइएको छैन ।
सो क्वारेन्टाईनमा परीक्षणको आभाव मात्रै होइन, सेनिटाइजर, झुल, बेडसीट, सर्जिकल मास्क, पंजा र पीपीई लगायतका सामाग्रीको पनि आभाव, सम्बन्धित कर्मचारीले सामाग्री मांग गर्दा आलटाल गर्दै आएको उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !