जनकपुरधाम, साउन ११ गते । बाख्रा चराउन गएकी दुई बालिका सर्लाहीको ईश्वरपुर नगरपालिकामा मृत अवस्थामा फेला परेका छन् ।
ईश्वरपुर नगरपालिका १४ हरकठवा निवासी रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको उनले बताए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरिसकिएको प्रवक्ता कुँवरले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !