जनकपुरधाम, साउन ११ गते । महिला दुव्र्यवहारको आरोपमा जनकपुरधामको एक रेष्टुरेन्टबाट जनता समाजवादी पार्टीका नेता नवीन यादव सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधामको शिव चोकस्थित एक रेष्टुरेन्टमा खाजा खान गएकी दुई महिलालाई जिस्काउंदै दुव्र्यवहार गरेको आरोपमा धनुषा प्रहरीले नेता यादव सहित ४ जनालाई गएराति पक्राउ गरेको हो ।
जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य भनिएका नविन यादवका साथै एक युवा र दुई महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले स्वीकार गरेका छन । प्रहरी नायव उपरिक्षक कार्कीले पीडित महिलाले नै प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरेको बताए ।
नेता यादव पक्राउ भए लगतै उनलाई छोडाउन जसपाका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु प्रहरी जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका थिए, तर अनुसधान भइरहेको भन्दै प्रहरी अधिकारी तिनीहरुलाई रितै हात फर्काएका थिए ।
यसैबीच जसपा नेता यादवलाई छोडाउन गएराति देखि नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोरदेखि प्रदेश २ सरकारका मन्त्रीसम्मले दवाब दिइरहेको प्रहरी अधिकारीले बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !