जनकपुरधाम, साउन १० गते । आर्थिक अनियमितता र अनावश्यक योजना वितरणको आरोपमा नगरपालिकामा तालाबन्दी गरिएको आरोप गलत रहेको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले दाबी गरेका छन ।
शुक्रवार सो नगरपालिकाको वडा नंं. ३ सिकयाहा टोलका स्थानीयले आर्थिक अनियमिततामा अनावश्यक योजना वितरण गरिएको आरोपमा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको आरोप मेयर मण्डल र नगरपालिकाका कर्मचारीमाथि रहेको खबर फैलिएको थियो ।
लोकपुकार सँग कुरा गर्दै मेयर मण्डलले भने नगरपालिकाका वडा नम्बर १ मंगराहा टोल र वडा नं. ३ सिकयाहा टोलवासीले साबिक देखि बगाउंदै आएको पानी निजी जग्गावालाले पोखरी खनेपछि पानी निकास बन्द भएपछि आक्रोशित केही व्यक्तिले पानीको निकास मांग्दै नगरपालिका आएको थियो ।
तिनीहरुले पानीको निकास नभएपछि नालाको पानी घरमा पस्न लागेको भन्दै सामान्य हो हल्ला गर्दै तालाबन्दीको प्रयास गरेको थियो । तर तिनीहरुलाई सम्झाई बुझाई पठाइएको उनले बताए ।
मेयर मण्डलले भने पानीको निकास सम्बन्धी घटनालाई तोडमडोर गरेर बदनाम गर्न उद्देश्यले केही गलत तत्व र विपक्षी व्यक्तिलाई आर्थिक अनियमितताको चलखेलमा अनावश्यक योजना वितरण गरिएको आरोपमा तालाबन्दी गरिएको भन्ने गलत हल्ला फैलाएको हो ।
घटना बारे जानकारी दिदैं उनले भने मंगराहा र सिकयाहा टोलवासीले अर्काको निजी जग्गामा बगाउंदै आएको पानीको ठाउंमा जग्गा धनीले पोखरी खनेपछि पानीको निकास बन्द भएपछि पानी घरमै पस्न थालेपछि सिकयाहा टोलवासी आक्रोशित भएका थिए । तर तिनीहरुको समस्या समाधान शुक्रवार साँझ नै उपमेयरको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका ६ सदस्यीय टोलीले पानी निकास गरिदिएपछि भइसकेको छ ।
तत्काल पानी निकासको सट्टा ठोस योजनाको माध्यम गर्न सकिने जिज्ञासामा मेयर मण्डलले भने हाल पानी जम्ने गरेको ठाउँ निजी जग्गाहरु रहेको छ । त्यसमा कुनै नाला निर्माण गर्न सकिदैन, तर दिर्घकालिन समस्या समाधानका लागि जग्गाधनी सँग कुरा गरेर नाला सहितको योजना अघि बढाउने तयारी नगरपालिकाले चाँडै गरिनेछ ।
साथै उनले आर्थिक अनियमितता कुनै योजनामा भएको छ भने जो कोही नगरवासी वा सम्बन्धित निकायले चाहेको बेला निरिक्षण गरी निर्माण कार्यको मूल्यांकन गर्न सक्नेछ बताए । दोषी देखिएमा जो कोहीलाई पनि कानून बमोजिम कारवाही हुनेछ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !