राजविराज, साउन १० गते । सप्तरीमा शनिवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४ सय २६ पुगेको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक रुपनी गाउँपालिका वडा नम्वर ५ का ३३ वर्षिय, ६ का ४० वर्षिय, शम्भुनाथ नगरपालिका १२ का २८ वर्षिय, २ का ४१ वर्षिय, ८ का ४५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पाईएको छ ।
त्यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर १ का २८ वर्षिय र ५ का २३ वर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । यस अघि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका ५० वर्षिय पुरुषमा शुक्रवार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो ।
विष सेवन गरी भर्ना भएका उनमा कोरोना संक्रमण पाईएपछि साँझ ७ बजेदेखि राती १२ बजेसम्म अस्पताललाई सिल गरिएको थियो । अस्पतालको आकस्मिक कक्षसहित सम्पूर्ण वार्डहरुलाई सेनिटासेनिटाइज गरी आवश्यक व्यवस्थापन गरिसकेपछि अस्पताल पूर्ववत सञ्चालनमा आएको अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जीत कुमार झाले जानकारी दिए ।
आकस्मिक कक्षमा कार्यरत ४ जना चिकित्सक तथा १० जना पारामेडिक्सलाई राजविराजस्थित एक होटेलमा क्वारेन्टाइन गरिएको छ । हाल २३ महिला र ८७ पुरुष गरी १ सय १० जन आइसोलेसनमा रहेका छन् ।
गत केही दिन यता राजविराजमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएपछि राजविराज नगरपालिकाले नगरपालिकाभरि जारी गरेको अनिश्चितकालिन कफ्र्युका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !