जनकपुरधाम, असार २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली बारे गलत न्यूज प्रसारण गर्ने भारतका संचार माध्यम मध्ये ४ वटा बाहेक अन्यलाई खुल्ला गरिएको छ ।
केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए ।
उनका अनुसार डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।
नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए ।
सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न निर्देशन दिइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !