महोत्तरी, असार २७ गते । गत केही दिनदेखि भइरहेको मुसलेधारे वर्षाको पानीले महोत्तरी जिल्लाका आधा दर्जनभन्दा बढी खोलामा बाढी आएको छ ।
निरन्तर वर्षाको कारण महोत्तरी जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहा लगायतका नदीमा पानीको सतह बढेपछि बाढी आएको स्थानीयवासीले बताएका छन् ।
सो बाढीका कारण नदि छेउमा रहेका जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ । बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।
बाढीबाट हुने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत सम्बन्धित निकाय तयारी अवस्था रहेको जनाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !