जनकपुरधाम, असार २५ गते । उपचारमा गएकी युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा वीरगन्जस्थित एक अस्पतालका तीन स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्जस्थित अली अर्थो एन्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई पक्राउ गरिएको कुरा पर्सा जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजित कुँवरले भने, एक १९ वर्षिया यूवतलाई यौन दुव्र्यवहार गरेको उजुरीको आधारमा अली अर्थो एण्ड ट्रमा अस्पतालका ३ जना स्वास्थ्यकर्मीलाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको छ तर ती व्यक्ति को हुन भन्ने कुरा घटना अनुसन्धानमै रहेकोले नाम भन्न मिल्दैन ।
वीरगन्ज महानगरपालिकाकै वडा नम्बर १९ युवती पेटको समस्या भएपछि उक्त हस्पिटलमा भर्ना भएकी थिइन् । त्यस क्रममा मंगलबार राति ती स्वास्थ्यकर्मीले आफूलाई यौन दुव्र्यवहार गरेको भनेर महिलाले आफन्तलाई जानकारी गराएको र आफन्तले प्रहरीलाई मौखिक उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको डीएसपी कुँवरले जानकारी दिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !