काठमाडौँ, असार २५ गते । सर्वोच्च अदालतले कोसी बाढी पीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारलाई निर्देशन दिएको छ ।
गत २०६६ सालको कोसीबाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा नियुक्त गरेका २१ जना स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारको नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।
न्यायाधीशहरु सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको इजलासले २१ जना स्वास्थ्यकर्मीहरुको कुल ५६ लाख ६७ हजार रुपैयाँ पारिश्रमिक तत्काल भुक्तान गर्न आदेश दिएको हो । उनीहरुको २०६६ फागुनदेखि २०६८ साल भदौसम्मको पारिश्रमिक बाँकी थियो । पारिश्रमिक नपाएको भन्दै उनीहरुले २०६९ सालमा नै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
कोसी नदीको बाँध फुटेर आएको बाढीबाट प्रभावित व्यक्तिहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्न सुनसरीको लौकहीमा अस्थायी निर्माण भएको अस्पतालका लागि क्लिनरदेखि स्टाफ नर्सले काम गरेका थिए ।
८ देखि २० हजार रुपैयाँसम्म पारिश्रमिक तोकिएका उनीहरुको २०६८ असार मसान्तपछि म्याद थप नभएपछि सो अवधिको पारिश्रमिक दिनुपर्ने माग राख्दै उनीहरु अदालत पुगेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !