जनकपुरधाम, असार २४ गते । कान्तिपुर टेलिभिजनको व्हाट्स अ फ्लप कार्यक्रममा मधेशी समुदायलाई होच्याउने गरी गरिएको प्रसारण विरुद्ध कार्यक्रम प्रस्तोता र संचारमाध्यम विरुद्ध उजुरी दिइएको छ ।
बुधवार डा. शरद सिंह यादवले मधेशी समुदायलाई लक्षित गर्दै अपहेलित, मानमर्दन र तल्ल देखाउने गरी प्रस्तोताले गरेको प्रस्तुतिबाट मधेशीको मनोभावनामा चोट पुगेको भन्दै कारवाहीको मांग गर्दै उजुरी दर्ता गराएका हुन ।
डा. यादवले मधेशी आयोग र प्रेस काउन्सीलमा कार्यक्रम प्रस्तोता संदीप क्षेत्री, प्रोडयुसर विशाल घोषण सहितका व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६५ बमोजिम कारवाहीको मांग गर्दै उजरी दर्ता गराएको हो ।
गत दुई हप्ता अगाडि कान्तिपुर टेलिभिजनको व्हाट्स अ फ्लप कार्यक्रममा नेपाली नागरिक सँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने विषयमा गरिएको प्रस्तुतिमा मधेशी महिला बोल्न सक्दैन, डरपोक हो दर्शाउने उद्देश्यले उनको ठाउँमा पुरुष प्रयोग हुँदै आएको प्रस्तुति गरिएको थियो ।
सो कार्यक्रममा भारतबाट विहे गरेर आएकी महिलाहरुले अवैधानिक तरिकाले नागरिकता लिन खोजेको भन्ने कुरा देखाउन खोजिएकोमा मधेशी समुदायका युवामा कार्यक्रम प्रति आक्रोश देखिएको छ ।
भिडियो लिंक
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !