जनकपुरधाम, असार २२ गते । बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सोमवार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कञ्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ गरेको हो ।
कञ्चनलाई बालत्कार गरी हत्या गरेको आरोपमा भारत उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई पक्राउ गरिएको कुरा प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
घटनाको ४ दिनपछि जिल्ला प्रहरी कार्यालय धनुषा पक्राउ गरी सोमवार पत्रकार सम्मेलन आयोजना गरी अभियुक्त सिंहलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका सिंह जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था स्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत सिंहले भैँसी चराउन आँप बगैँचामा गएकी बालिका कञ्चनलाई आँप दिन्छु भनेर ललाई फकाई झारी लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिए ।
इन्ड्रट्रिजकै पछाडिको बगैँचामा बालिका कञ्चनको बलात्कार गरी मुख थुनेर हत्या गरी कम्बलमा बेरेर दुधमति नदि किनारको झाडीमा फालेको अभियुक्त सिंहले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार दिउँसो कञ्चनको शव हत्या गरेको अवस्थामा नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !