जनकपुरधाम, असार २१ गते । सडक मरम्मत सम्भारको मांग गर्दै स्थानीयले जनकपुरधाममा सडक जाम गरी प्रदर्शन गरेका छन ।
वर्षातको समय अघिदेखि नै विभिन्न वडा नं. १६ का स्थानीयवासीले पटक जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा ज्ञापनपत्रसहित प्रतिनिधिमण्डल जाँदासमेत सुनुवाइ नगरी सडक मर्मत नगरेको भन्दै स्थानीयवासीले सडक जाम गरी प्रदर्शन गरेका हुन् ।
आइतबार पुल चोक जाने बाटोमा स्थानीय युवा र व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय विरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन । धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत हुलाकी राजमार्ग जोड्ने क्षेत्रको सडक समेत रहेको उक्त सडक वर्षौँदेखि जर्जर भई हिलाम्य बनेको हो ।
यस सडकको अवस्था दयनीय रहेको र हल्का वर्षामा पनि करिब ४ फिटसम्म सडकमै पानी जम्ने गरेकोले आवातजावतमा पूर्ण अवरोध तथा समस्याहरु झेल्दै आइरहेको भन्दै स्थानीय ३० वर्षीय राजीव साहले बाध्यतावश सडक जाम गर्नु परेको भने ।
उनले जनकपुरधाम वडा नम्बर १६ देखि १९ को सिमाना जोड्ने सडकको रुपमा समेत रहेकाले सडक मर्मत तथा सम्भार नहुँदा दैनिक दुर्घटना हुने गरेको बताए ।
जनकपुरधाम उपमहानगर वडा नम्बर १६ का वडा अध्यक्ष रामअशीष पजियारले उक्त सडक हुलाकी सडकखण्ड अन्तर्गत परेकाले निर्माण कार्यमा जनकपुरधाम उपमहानगरलाई समस्या परेको र यो सडक उपमहानगरले बनाउन नसक्ने भने ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !