जनकपुरधाम, असार २० गते । नेपाल राष्ट्रवादी समूहले हिन्दु राष्ट्र स्थापनाको माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेको छ ।
शनिबार दिउंसो जनकपुरको जनक चोकबाट राष्ट्रीय सभाका पूर्व सदस्य कारी प्रसाद यादवको अगुवाईमा सुरु भएको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै मुलुकमा नेताहरुको कारण मुलुक नै खतरामा परेको भन्दै नेपालमा हिन्दू राष्ट्र स्थापना गरी कायम गर्नुको विकल्प नरहेको नेपाल राष्ट्रवादी समुहका अगुवा कारीप्रसाद यादवले भने ।
उनले देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु आजको आवश्यकता रहेको भन्दै आफूहरुले अभियान संचालन गरि राज्यमाथि दवाव सृजना गर्ने बताए ।
यस प्रदर्शनमा राष्ट्रिय सम्झौता खारेज गर, नागरिकता विधेयक फिर्ता गर र भ्रष्टाचार अन्त्य गर लगायतका मागहरु प्रदर्शनकारीले प्रदर्शनको क्रममा नारावाजी समेत गरेका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !