जनकपुरधाम, असार २० गते । दाइजो नपाएको निहुँमा श्रीमतिलाई आत्महत्या गर्न बाध्य बनाइएको आरोपमा मृतकका श्रीमान बटेश्वर गाउँपालिका–२ बस्ने २५ वर्षीय अनिल कापरलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नपा– ९ फुलहटटा माइती भएकी संगीता कापरलाई दाइजोमा मोटरसाइकल नदिएको निहुँमा अनिलले यातना र कुटपिट गरी आत्महत्या गर्न बाध्य बनाइएको माइती पक्षले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो ।
करीब दुई वर्षअघि विवाह भएको अनिलले आफ्नी श्रीमति संगीतालाई दाइजोमा मोटरसाइकल मांग गर्दै यातना दिदैं आएकोमा जेठ १६ गते साँझ ६ बजे आफनै घरमा संगीताको शव आत्महत्या गरेको अवस्थामा शरीरभरि निलडाम र दाँत भांचिने गरी कुटपिट गरिएको अवस्थामा फेला परेको थियो ।
मृतक संगिताका वुवा रामअयोध कापरले ज्वाँइ अनिल कापरविरुद्ध इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा असार ११ गते दिएको किटानी जाहेरी दिएको आधारमा असार १२ गते नै अनिललाई पक्राउ गरिएको ईप्रका महेन्द्रनगरका प्रमुख पप्पु नायकले बताएका छन ।
संगिताको जेठ १७ गते प्रादेशिक अस्पताल जनकपुरमा पोष्टमार्टम गरिदा उनको आत्म हत्या गरेको रिर्पोट आएको थियो ।
पोस्टमार्टम रिर्पोटमा आत्म हत्या आएपनि उनको शरिरभरिमा निलडाम परेको, दाँत भाँचेको, शरीरभरि निलडाम देखिएको र पटक पटक कुटपिट गरी संगितालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै प्रहरीमा उजुरी दर्ता भएपछि अनुसन्धानको लागि अनिललाई पक्राउ गरिएको नायकले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !