जनकपुरधाम, असार २० गते । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाका अनुसार ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
मधुमेहको दिर्घरोगी समेत रहेका उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । लगतै सोही दिन राति ९ः५५ बजे आइसोलसनमा राखेर उनको उपचार सुरु गरिएको थियो । ती पुरुष यही असार १६ गते कतारबाट आएका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !