Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : मन्त्रीका छोराको सेटिङमा भेन्टीलेटर खरीदमा पनि करोडौ भ्रष्टाचार


जनकपुरधाम, असार १७ गते । विश्वव्यापी महामारी ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचार सामाग्री खरीदमा प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा मन्त्रीको छोराको सेटिङमा श्रृंखलाबद्ध रुपमा भ्रष्टाचार भइरहेको पाइएको छ ।

मन्त्रालय मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत मन्त्री नवलकिशोर साहका छोरा सुमित साहको सेटिङमा सचिव रामप्रसाद घिमिरे र केन्द्रका प्रमुख डा. प्रमोद यादवको मिलामतोमा कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचार सामाग्री खरीदमा श्रृखलाबद्ध रुपमा भ्रष्टाचार हुँदै आएको हो ।

केही दिनअघि पहिलो चरणमा केन्द्रद्वारा खरीद गरिएको पिपिई, सेनिटाइजर, मास्क लगायतका सामाग्रीमा भ्रष्टाचार भएको पाइएको थियो भने दोश्रो चरणमा कोरोना चेकजाँच मेसिन आरटी पीसीआर मेसिन र त्यसमा प्रयोग हुने विभिन्न सामाग्री सहित अन्य १४ वटा सामाग्री खरीदमा भ्रष्टाचार भएको विभिन्न संचार माध्यमले समाचार सम्प्रेषण गरेको थियो ।

अब मन्त्रालयले केन्द्र मार्फत खरीद गर्न लागेको आइसीयू कक्षका लागि आवश्यक पर्ने ३० वटा भेन्टिलेटर खरिदमा करोडौँ रकमको चलखेल भएको श्रोतको दाबी छ । प्राप्त जानकारी अनुसार ४ लाख रुपैयाँ पर्ने भेन्टिलेटरको मूल्य १५ लाख र ६ लाख रुपैयाँ पर्ने भेन्टिलेटरको मूल्य २५ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

प्रति भेन्टिलेटर ४ लाख रुपैयाँमा खरिद गर्दा ३० वटा भेन्टिलेटरको मूल्य १ करोड २० लाख रुपैयाँ पर्छ । जबकि १५ लाख रुपैयाँको दरले ३० वटा भेन्टिलेटर खरिद गरेमा यसको मूल्य ४ करोड ५० लाख रुपैयाँ पर्छ । यसरी भेन्टिलेटर खरिदमा मात्रै ३ करोड ३० लाख रुपैयाँ भ्रष्टाचार हुने श्रोतको दाबी छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार ३८ करोड, १८ करोड र ११ करोड गरी ३ पटक बोलपत्र आह्वान गरिएको छ । मेडिको, होस्पिटेक, मेडी सोलुसन गरी ८ कम्पनीले तीनवटै बोलपत्रमा प्रस्ताव दर्ता गराएका छन् । तीनवटै बोलपत्रमध्ये काठमाडौँको होस्पिटेड ईन्टरप्राईजेजले ठूलो हिस्सा पाउने लगभग निश्चित भइसकेको स्रोतको दावी छ । होस्पिटेड ईन्टरप्राईजेजका संचालक विशाल पण्डितले सेटिङ मिलाएर सो ठेक्का हात पारेको बताइएको छ ।

गत वैशाखमा प्रदेश मन्त्रिपरिषदको बैठकले विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरु खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम केन्द्रले विभिन्न क्षमताको ३० वटा भेन्टिलेटर खरिद गर्न बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्रको अन्तिम मिति बुधबार अर्थात असार १७ गते तोकिएको छ ।

आइसीयु निर्माणका लागि अन्य उपकरणहरु समेत खरिद गर्ने तयारी भइरहेको छ । जसका लागि ४० करोेड रुपैयाँ बराबरको बोेलपत्र आह्वान हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार ठेक्काको विषय टुङ्ग्याउन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहका छोरा सुमित साहले ठूलै दौडधूप गरेका थिए । सुमित र सो कम्पनीका कर्मचारीहरुबीच चारपटक जनकपुरको एक होटेलमा भेटघाट समेत भएको स्रोतको दावी छ । कमिशनमा कुरो मिलेपछि मात्रै सो कम्पनीलाई बोलपत्रको ठूलो हिस्सा जिम्मा लगाउन लागिएको मन्त्रालय स्रोतले भनाई छ ।

मन्त्री नवलकिशोर साह रहे पनि उनका छोरा सुमित साहले नै मन्त्रालय सम्हाल्ने र ठेक्कापट्टा तथा कोरोना सामाग्री खरीददेखि मिडिया ब्रिफिङ लगायतका हरेक योजनाहरुमा अप्रत्यक्ष रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको मन्त्रालयको एक अधिकारीले बताए ।

समाजिक विकास मन्त्री नवलकिशोर साहले आफूलाई यस विषयमा कुनै किसिमको जानकारी नरहेको बताए । उनले भने, ‘सबै उपकरण खरिद गर्ने कार्य आपूर्ति महाशाखाले गर्ने हो, यदि अनियमितता हुँदैछ भने तपाईहरु भ्रष्टाचार हुँदैछ भन्ने समाचार लेख्नुस्, यस विषयमा छानविन हुन्छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रमोद यादवले प्रक्रिया पु¥याएर टेण्डर आह्वान गरिएको र सोही अनुसार काम कारवाही हुने जनाए । उनले अहिलेसम्म कुनै किसिमको अनियमितता भएको छैन । सबै प्रक्रिया पारदर्शीरुपमा भएकोले कुनै किसिमको भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव