Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रदेश २ : पीसीआर मेसिन सहितका उपकरण खरीदमा व्यापक भ्रष्टाचार

मन्त्रालयको सामाग्री खरीद र योजना वितरणमा मन्त्रीका छोरा सुमित हाबी


जनकपुरधाम, असार १४ गते । कोरोना भाइरस संक्रमण रोकथामका लागि स्वास्थ्य सामग्री अन्तर्गत आरटी पीसीआर मेसिन सहितका उपकरण महंगो दरमा खरिद गरी प्रदेश २ सरकारद्वारा व्यापक भ्रष्टाचार गरिएको देखिएको छ ।

सप्तरीको राजविराज तथा धनुषाको जनकपुरधाममा कोरोना भाइरस परीक्षणका लागि रियल टाइम (आरटी) पीसीआर मेशिनसहित विभिन्न उपकरण खरिदमा प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा सुमित साहको अप्रत्यक्ष संलग्नतामा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रद्वारा अनियमितता भएको हो ।

मन्त्रालयद्वारा केन्द्रलाई ४० लाखको दरले रकम उपलब्ध गराएकोमा २५ लाख ७५ हजार रुपैयाँको दरमा २ वटा चीनको डील्याब नामक आरटी–पीसीआर मशिन खरिद गरेको छ जबकि नेपाली बजारमा त्यसको मूल्य १५ लाख रुपैयाँ मात्र रहेको छ । जनकपुरमा ल्याब सम्बन्धी उपकरणहरू आपूर्ति गर्ने आरएस सर्जिकल हाउसका सञ्चालक सुजीत साहले ५१ लाख ५० हजार रुपैयाँमा २ वटा मशिन खरिद गर्दा केन्द्रद्वारा बजार मूल्यभन्दा २१ लाख ५० हजार रुपैयाँ बढी परेको दाबी गरेका छन ।

मन्त्रालयद्वारा केन्द्रलाई जनकपुर, राजविराज र गौर अस्पतालमा पीसीआर मेसिन खरीदका लागि राजविराज र जनकपुरका लागि ८० लाख निकासा गरेको छ भने गैर अस्पतालका लागि डेढ करोड गरी २ करोड ३० लाख रुपैया छुट्टै पठाएको छ । जनकपुर र राजविराजमा मेसिन जडान भएपनि गौर अस्पतालमा जडान त के हुनु हालसम्म खरीद पनि पनि गरिएको छैन ।

जेठ २६ गते मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिको बैठकले जनकपुर, राजविराज, वीरगञ्ज र रौतहटका लागि १–१ मेशिन र ५० हजार भीटीएम खरीद गर्ने निर्णय गरिएको थियो । तर रौतहटको गौर अस्पतालका लागि रकम निकासा भएपनि हालसम्म हालसम्म जडान हुन नसक्नुले सो रकम कुन शिर्षकमा कहाँ खर्च भएको भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।

यति मात्र होइन वीरगञ्ज नारायणी अस्पतालमा पीसीआर मेसिन खरीदका लागि वीरगञ्ज महानगरपालिका र स्थानीयद्वारा समेत आर्थिक सहयोग भएकोमा मन्त्रालयबाट ४० लाख रुपैया निकासा गरिएको छ । महानगरपालिका र स्थानीयबाट आर्थिक सहयोगमा जडान भइसकेपछि मन्त्रालयद्वारा रकम निकासा भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरटी–पीसीआरसँग सम्बन्धित उपकरण बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँमा खरिद गरेको छ । जबकि सबै मशिन र उपकरण कूल २ करोड ६९ लाख ९५ हजार ७०० रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ ।

file : photo

खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महंगो दररेटमा खरिद गरेर १ करोड बढी रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको छ ।

केन्द्रले आरटी–पीसीआर उपकरण खरिद गर्दा न्यूनतम मूल्य प्रस्ताव गरेका फर्मसँग खरिद सम्झौता नगरेर धेरै बढी मूल्य प्रस्ताव गरेको मेडी सोलुसन प्रालि काठमाडौंसँग स्वास्थ्य सामग्री खरिद गरेको कुरा न्यूतम दर प्रस्ताव पेश गरेका राईन सप्लायर्सले बताएका छन ।

पीसीआर मेसिन मात्र होइन अन्य सामाग्री बायो सेफ्टी क्याबिनेट क्लास–२ उपकरण, पीसीआर क्याबिनेट (हुड), रेफ्रीजिरेटेड सेन्ट्रीफ्यूज (हाई स्पीड), फ्रीजर–२०, आरटी–पीसीआर आरटी किट,स्वाब संकलन गर्न प्रयोग गरिने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) सहितका पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामाग्री सहितका उपकरण महंगो खरीद गरिएको देखाएर भ्रष्टाचार गरिएको हो ।

सरकारले केन्द्र माफैत २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ । ३२ लाख ४६ हजार १०० रुपैयाँ भ्याट समेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १०० रुपैयाँमा किनेको छ ।

कोरोना भाइरस रोकथामका लागि उपचार र औषधी सामाग्री खरीदका लागि मन्त्रालयद्वारा विभिन्न मितिमा केन्द्रलाई हालससम्म मन्त्रालयबाट ७ करोड ६० लाख, कोषबाट ५० लाख र २ करोड ३० लाख गरी कुल १० करोड ४० ला रुपैया उपलब्ध गराएको छ ।

केन्द्रद्वारा वैशाख १४ गते प्रदेश सरकारबाट बजेटको स्रोत सुनिश्चित भएपछि वैशाख १७ गते गोरखापत्र पत्रिका र सामाजिक विकास मन्त्रालयको वेबसाइटमा समेत ५ दिने बोलपत्र (टेन्डर) को सूचना प्रकाशित गरिएको ३ वटा फर्मको आवेदन फारम दर्ता गराएको थियो ।

दर्ता भएका ३ वटा फर्ममध्ये राईन सप्लायर्सले प्रस्ताव गरेको मूल्य सबैभन्दा कम रहेको थियो तर महंगो प्रस्ताव स्वीकृत गरिएको बारे कम मूल्य प्रस्ताव गर्ने फर्मको आवश्यक कागजात पूरा नभएको र प्राविधिक रुपमा मूल्यांकन समितिको छनोटमा नपरेको केन्द्रका सूचना अधिकारी श्रवणकुमार नायकले बताए ।

मन्त्रीका छोरा मन्त्रालयमा हावी

मन्त्रालयको आर्थिक सम्बन्धी कारोबारमा मन्त्री नवलकिशोर साहका छोरा सुमित साह अप्रत्यक्ष रुपमा हाबी रहेको एक कर्मचारीले बताए । कोरोना भाइरस रोकथामको उपचार सामाग्री देखि अन्य योजना वितरणमा मन्त्रीका छोरा सुमितद्वारा डिलिंग हुने गरेको उनले नाम बताउने शर्तमा बताए ।

यसअघि पनि स्वास्थ्य सामाग्री खरीद र मिडिया बिफ्रिंग कार्यक्रम संचालनमा पनि मन्त्रीका छोराद्वारा सबै कुराको सेटिङ्ग गरिएको थियो । सुमितकै आदेशमा भारदह अस्पतालमा कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको शिर्षकमा फर्निचर, शैचालय निर्माण, रंगरोगनका लागि ६५ लाख रुपैया निकासा गरिएको छ ।

‘केन्द्रका निर्देशक डा. प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र सुमित साह सहितको मिलेमतोमा नै अनियमितता गर्न जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनिएको मन्त्रालयका एक जना उच्चपदस्थ कर्मचारीले बताए । निर्देशक यादवले सुमित साहसँग मेडिसोलुसनका सञ्चालकलाई चिनजान गराउनुका साथै निकट बनाएको मन्त्रालयका ती कर्मचारीको भनाई छ ।

पीसीआर मशिन खरीद गर्दा देशमा पनि अभाव भएका बेला स्वाभाविक रूपमा महंगो भएको केन्द्रका निर्देशक डा. यादवले तर्क गरे तर संस्तोमा उपकरण उपलब्ध गराउने फर्मबाट खरिद गरिएन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव