जनकपुरधाम, असार १३ गते । अन्ततः दुई वर्षपछि प्रदेश सञ्चार विधेयक प्रदेश २ मा सर्वसम्मत पारित भएको छ ।
करीब दुई वर्ष प्रदेश सभामा प्रस्तुत भएको विधेयक संचारकर्मीहरुको विरोधले अड्किएको थियो तर शनिवार केही संशोधनपछि प्रदेश सभाबाट पारित भएको हो ।

प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको सञ्चार विधेयकमाथि संचारकर्मीहरुले विरोध जनाएपछि केही दफामा संशोधन गर्दै संचार विधेयकलाई पारित गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
प्रदेश सरकारले शुरुमा ल्याएको विधेयकमा गलत सूचना प्रवाह गर्ने संचारमाध्यम तथा संचारकर्मीलाई ५० लाखदेखि १ करोडसम्म जरिवाना गर्ने प्रावधान समेटिएको थियो । उक्त व्यवस्थाको चौतर्फी विरोध भएपछि केही धारामा संशोधन तथा केही धाराहरु नै हटाइएको कानूनमन्त्री यादवले बताए ।
विधेयकबाट ५० लाखदेखि १ करोडसम्म जरिवानाको व्यवस्थालाई हटाएर १० देखि २० हजारसम्म जरिवाना कायम गरिएको हो ।
यसैबीच संचारकर्मीसंग आबद्ध संघ संगठनहरुले आफूहरुसंग कुनै छलफल नै नगरी पारित गरिएको संचार विधेयक पारित गरिएको प्रति आपति जनाएका छन । संचारसँग आबद्ध संघ संगठनहरुले विषयगत संघ संगठहरुसंग कुनै समन्वय नगरी ल्याइएको संचार विरोधी रहेको भन्दै विधेयकप्रति आपति जनाएका हुन ।
उनीहरुले प्रेस काउन्सीलद्वारा ऐन अनुसार नै संचार विधेयकमा पनि व्यवस्था गरी मिडिया मैत्री विधेयक ल्याउनुपर्नेमा जोड दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !