जनकपुरधाम, असार १२ गते । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १ बाट एक व्यक्तिलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ का श्याम सहनी रहेको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !