जनकपुरधाम, असार १२ गते । सप्तरीमा चट्याङ लागेर मृत्यु भएका परिवारलाई प्रदेश २ सरकारले १/१ लाख रुपैया राहत दिने घोषणा गरेका छन् ।
प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अविरल वर्षासँगै बिहीबार परेको चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई प्रदेश नं २ सरकारले रु एकरएक लाख दिने घोषणा गरिएको जानकारी दिएका छन ।
प्रदेश सरकारले राहत स्वरुप जनही रु एक/एक लाख रुपैया राहतस्वरुप दिने निर्णय गरेको जानकारी गराउंदै चट्याङ लागेर मृत्यु भएका महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको परिवारसँग घरमै गएर भेट गरी मृतकलाई श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन ।
बिहीवार बिहान वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, महदेवा गाउँपालिका २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको छ ।
जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !