जनकपुरधाम, असार ११ गते । सिरहा प्रहरीले लकडाउनमा सवारी ओहोर दोहोर गर्न नक्कली पास वितरण गर्ने आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने आरोपमा प्रहरीले लहान नगरपालिका १ मा रहेको मेरो साईबर एण्ड ट्राभल्समा खान तलासी गर्दा वडा नम्बर ८ का साइबर सञ्चालक २० वर्षीय विजेन्द्र महतो र २२ वर्षीय प्रमेश्वर महतो लाई पक्राउ गरेका हुन ।
लकडाउनको समयमा प्रमुख जिल्ला अधिकारीका सही छाप गरेको सादा प्रिन्टको पास किर्ते बनाई बिक्री वितरण गरेको भन्दै २ जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन ।
पक्राउ परेकाहरुको साथबाट विभिन्न कार्यालयको छाप, लेटर प्याड, डेलको ल्याप्टप एकथान, ब्रदर्शको प्रिन्टर एक थान, ब्रदर्शको कलर प्रिन्टर एक थान र एचपीको पेनड्राइभ एकथान बरामद गरिएको छ ।
आरोपित दुवैजनामाथि लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको डिएसपी घिमिरेले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !