जनकपुरधाम, असार ११ गते । धनुषाको हँसपुर नगरपालिकाको छठौ नगरसभा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न सभाबाट आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ९० करोड १६ लाख ७४ हजार रुपैयाँको बजेट विनयोजन गरिएको छ ।
बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्वबाट २० लाख, संघीय सरकारबाट प्राप्त समानीकरण अनुदानतर्फ १२ करोड ७० लाख, सशर्त अनुदान १९ करोड ८९ लाख, राजश्व बाँडफाँडबाट ७ करोड ९७ लाख २४ हजार ६ सय, प्रदेश सरकारबाट समानीकरण अनुदान ७ करोड ३० लाख २ हजार, सशर्त अनुदान ८ करोड, समपुरक अनुदान ३० लाख, विशेष अनुदान ३० लाख प्राप्त हुने प्रस्तुत विवरणमा अनुमान गरेको छ ।
नगरसभाले पारित गरेको बजेटमा आगामी आर्थिक वर्षमा कोरोना महामारीलाई दृष्टिगत गर्दै कोरोना विशेष अस्पताल निर्माण गर्ने तथा सरुवा रोगको उपचार केन्द्र खोल्ने, बाढी पीडित तथा आगलागीबाट पीडितहरुको बासका लागि कोठा निर्माण गर्ने, ३० वटै सामुदायिक विद्यालयको मर्मत सम्भार गर्ने, कृषि उत्पादनमा वृद्ध गर्नका लागि प्रत्येक वडामा सिंचाईको व्यवस्था पु¥याउने लगायतका कार्यक्रमहरु विशेष प्राथमिकतामा राखिएको छ ।
नगरसभामा नगरप्रमुख रामज्ञान मण्डलले नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख रेणु झाले बजेट प्रस्तुत गरेकी थिइन् भने ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !